देश, स्वास्थ्य

प्रधानमन्त्री ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था कस्तो छ ?

नवलपुर टुडे
२०८० कार्तिक १ | बिहान ०७:०७ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मंगलबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ ।

प्रधानमन्त्री दाहाल मंगलबार दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएका थिए । हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’

प्रधानमन्त्री दाहालको उपचारमा डा युवराज शर्मा, डा. यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको हस्पिटलले जनाएको छ ।

 

कमेन्टहरु