लुम्बिनी प्रदेश, शिक्षा

कपिलवस्तुको त्रिनेत्र माविमा वडा दशैं, शुभ दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान सम्पन्न

जगत ठाडा मगर
२०८० अशोज २९ | बिहान ०९:०६ बजे

कपिलवस्तु, असोज २९ । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ त्रिनेत्र माध्यमिक विद्यालय मधुनगरमा आउँदै गरेको वडा दशैं, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष दिनेश कुमार चौधरीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वडा दशै र आउँदै गरेकोमा शुभ दिपावली तथा छठ पर्वकाे शुभकामना आदान-प्रदान साथै नयाँ शिक्षकलाई स्वागत र सरूवा भई अर्को विद्यालयमा जानु भएका शिक्षकलाई बिदाई गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा वडा अध्यक्ष चौधरीले कोरोना कालमा विदेशबाट आएका युवाहरुलाई राख्न यही सरकारी स्कुल र स्वास्थ्य चौकी प्रयोग भएकोले अब सरकारी स्कुल समुदायले नै बिशेष ख्याल राख्नुपर्ने बताए ।

भविष्यमा फेरी पनि यो स्कुल काम लाग्न सक्ने बताउँदै यहाँका बालबालिकाले कति गर्मी सहेर अध्ययन गरिरहेका छन् भन्ने कुरा सबैले बुझ्न जरूरी रहेको उनले बताए । सोही अवसरमा वडा अध्यक्ष चौधरीले २ थान छतको पंखा स्कुललाई दिने घोषणा गरेका छन् ।

यस्तै समाज सेवी बुद्धजिवी शिक्षा प्रेमीबाट थप ८ वटा पंखा विद्यालयलाई दान स्वरूप उपलब्ध भएको जानकारी दिए । त्रिनेत्र माविका प्रअ बालाजी चौधरीले २ थान, लौटन राम माविका प्रअ श्याम प्रकाश चौधरीले १ थान, शिक्षक वेद प्रकाश चौधरीले १ थान, समाजसेवी चन्द्र भारती गोसाईंले १ थान पंखा प्रदान गरेका थिए ।

यस्तै शिक्षक बाल जी यादवले १ थान, शिव पुजन पालले १ थान र पत्रकार लालु चौधरीले १ थान प्रदान गरेका थिए । सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै वडा अध्यक्ष चौधरीले आफ्नै गाउँठाउँको स्कुलप्रति सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए ।

चौधरीले भने “उहाँहरूलाई हृदयदेखि धन्यवाद र भविष्यमा आआफ्नो गाउँठाउँको किनारमा रहेको स्कुललाई हामी सबैले जागिरमा भएको, विदेशमा रहेका, व्यापारमा रहेको साथीहरू हामीले अध्ययन गरेको स्कूलको हालत के छ सोच्न जरूरी छ”

कमेन्टहरु