रौतहटमा अन्तर बिद्यालय चित्रकला तथा स्किपिङ प्रतियोगिता सम्पन्न


दिपेश कुमार शाह
रौतहट, असोज २४ । रौतहटको परोहा नगरपालिका- ४ स्थित श्री ब्रह्म ज्योती माध्यमिक विद्यालय लौकाहामा बुधबार अन्तर विद्यालय चित्रकला तथा स्किपिङ प्रतियोगिताको आयोजना सम्पन्न गरिएको छ । पिपल इन निड तथा असमान नेपालको समन्वयमा परोहा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले १२ औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
आयोजित प्रतियोगितामा नगरपालिका अन्तर्गत रहेको ६ वटा माध्यमिक विद्यालयका बालिकाहरुको सहभागीता रहेको थियो भने प्रत्येक बिद्यालयबाट प्रत्येक प्रतियोगितामा २ जनाको दरले जम्मा २४ जना सहभगी रहेका थिए।
चित्रकला प्रतियोगिताको लागि कक्षा ८ देखि १० मा अध्ययनरत प्रत्येक बिद्यालयबाट २ जना बालिका गरी १२ जनाको सहभगिता थियो भने, स्किपिङ प्रतियोगितामा आरम्भ परियोजना अन्तर्गत सिकाइ केन्द्र पूरा गरी बिद्यालय भर्ना भएका बालिकाहरु मध्ये प्रत्येक बिद्यालयबाट २ जना गरी १२ जना सहभगी भएका थिए।
बालिकाको अधिकारमा लगानी: हाम्रो नेतृत्व हाम्रो कल्याण भन्ने नाराको साथ आयोजित प्रतियोगितामा उत्कृष्ट स्थान (प्रथम, द्वितीय, तृतीय) हाँसिल गर्ने छात्राहरु विभिन्न शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको आसमान नेपालका शिक्षा अधिकृत अरबिन्द कुमार साहले जानकारी दिनुभयो ।
कार्यक्रममा परोहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री मो. महफुज अहम्द लगायत योजना शाखा, शिक्षा शाखा, ६ वटै बिद्यालयका प्रध्यानाध्यापक तथा आसमान नेपालका कर्मचारीहरुको उपस्थिती रहेको थियो।























