मधेश प्रदेश

लहान प्रादेशिक अस्पतालका अध्यक्षका कारण सेवाग्राहीले सास्ती खेप्दै

नवलपुर टुडे
२०८० अशोज २५ | मध्यान्ह ०७:०६ बजे

लहान, असोज २५ । सिरहाको लहानमा रहेको प्रादेशिक अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष सत्रुधन मण्डलका कारण अस्पतालमा सेवाग्राहीहरु सास्ती खेपिरहेका छन् ।

अस्पतालमा राजनीतिक व्यक्ती लागि सेवा छिटो प्रदान र सर्वसाधारणलाई घण्टौसम्म लाइनमा बसेपछि मात्र सेवा पाइने र राजनीतिको अखडा दिन प्रतिदिन बन्दै गइरहेको एक सेवाग्राहीले बताएका छन् ।

उपचार गराउन आएका सेवाग्राही अस्पतालका व्यथितिले सेवा लिन नपाएको दुख व्यक्त गर्दै समाचार माध्यमलाई जनाएको छ । अस्पतालमा एम्बुलेन्स सेवा महिनौ दिनदेखि थप्प रहेको एक जना स्थानीयले बताए ।

अस्पतालमा बिरामीलाई सेवा दिन राखिएको एम्बुलेन्स महिनौ दिनदेखि थप्प रहेको र अस्पतालको एम्बुलेन्सको नम्बरमा सेवाग्राहीले फोन गर्दा यहाँ र त्यहा छु भन्दै काटिन्छ ।

कमेन्टहरु