‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड–२०२३


काठमाडौँ । सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित भ्यु होटल सिद्धार्थ ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो ।
होटलका तर्फबाट सो अवार्डकार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्ट सहभागी थिए । होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन् । १ हजार एक सय जनाभन्दा बढी अट्ने हलसहितका अन्य हलहरूमा विभिन्न सभा/सम्मेलन गर्न सकिने होटलले जनाएको छ । चारतारे स्ट्याण्डर्डको होटल वि.सं.२०६५ भदौदेखि सञ्चालनमा आएको हो ।
होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका १२५ वटा रुम छन् । होटल चारतारे भएपनि आफुहरुले पाँचतारे स्ट्याण्डर्डको सेवाहरू दिँदै आएको होटलको दाबी छ । होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा छन् । जहाँ ग्राहकले आफ्नो रुची अनुसारको अनुभव लिन सक्नेछन् । होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हल छ । साथै स्पा, सलोन र फिटनेस सेन्टर समेत रहेको छ ।























