मधेश प्रदेश

दाजुभाईबीचको जग्गा बिवादले अदालत पुर्‍यायो

नवलपुर टुडे
२०८० अशोज २३ | बिहान ०९:०६ बजे

प्रदिप सिंह
सप्तरी । सप्तरी जिल्लाको सुरुगा नगरपालिका वडा नं ९ टिकुलियामा जग्गाको विवाद हुँदा आफ्नै दाजुभाईमा मनमुटाव भई ठुलो द्धन्दको रुप लिएको छ ।

बिगत तीन वर्षदेखि अल्झिएको समस्या हालसम्म पनि निरुपण हुँन सकेको छैन । दाजुभाईबीच भएको घरायसी अंशवण्डामा कुरा नमिल्दा समस्या झन बढेर गएको छ ।

उक्त समस्या सामाधान गर्नका लागि गाउँका अग्रज तथा भद्रभलाद्मी लागि पर्दा पनि मेलमिलाप हुन नसकेको एकजना अग्रजले जानकारी दिए । लामो समय देखिको झैझगडाले पीडित भाई ऐजुब मिया जिल्ला प्रशासन, प्रहरी हुँदै, जिल्ला अदालत राजविराजमा चल्दैछ ।पीडक दाई याकुब मिया भन्ने करिब १५ कठठा जग्गा सोहि जिल्लाका मलहनिया घर भएका विशेश्वर यादवलाई सहमति विनै सम्पुर्ण जग्गा पास गरिदिएको बुझिएको छ ।

यसरी घरायसी झगडा घरमै साम्य नभई फैलिएर जादाँ आँफुलाई चिन्तित तुल्याएको भाई ऐजुब मियाले बताए ।

कमेन्टहरु