तस्कर, लुम्बिनी प्रदेश

रक्त चन्दनसहित कपिलवस्तुमा ८ जना पक्राउ

नवलपुर टुडे
२०८० अशोज १४ | मध्यान्ह ०८:०६ बजे

कपिलवस्तु, असोज १४ । कपिलवस्तुमा प्रहरीले १ करोड ६३ लाख रुपैयाँ बराबरको रक्त चन्दनसहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका-३ का ट्रक चालक टिकाराम पाण्डे, सहचालक २१ वर्षीय शिव भर र पिक अप गाडीका चालक अर्घाचांची पाणिनी गाउँपालिका-७ पोखे डाँडाका ३३ वर्षीय गोकुल दर्लामी, पिकअपमा सवार अर्घाखांची मालारानी गाउँपालिका -९ का ३८ वर्षीय निमबहादुर नेपाली रहेका छन् । 

यसैगरी कपिलवस्तु शिवराज नगरपालिका-३ मदवाका २९ वर्षीय विकास पौडेल, ३० वर्षीय शतिष पन्त, १९ वर्षीय राम सेवक चौधरी र ३४ वर्षीय दिपक कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । 

अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको पिकअप गाडीमा राखेर ल्याइएको रक्त चन्दनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । दुवै गाडीमा ६ क्विन्टल ५३ किलो १ सय ५० ग्राम रक्त चन्दन लोड गरिएको थियो । 

बरामद भएको गाडीसहित सो काठ डिभिजन वन कार्यालय कपिलवस्तु पठाइएको प्रहरी उपरीक्षक पौडेलले बताए । लामो समयपछि कपिलवस्तुमा तस्करी हुँदै गरेको ठूलो परिमाणको रक्त चन्दन काठ बरामद गरेको हो।

कमेन्टहरु