मौसम

यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नवलपुर टुडे
२०८० अशोज १४ | बिहान ०६:०६ बजे

काठमाडौँ, असोज १४ । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कमेन्टहरु