देश

अश्लील हर्कत गरेको आरोपमा सात जना पक्राउ

नवलपुर टुडे
२०८० अशोज १३ | मध्यान्ह ०७:०६ बजे

दिपेश कुमार शाह
रौतहट, असोज १३ । अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ । जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटकर रहेका छन् । पक्राउ गरिएका सबै दोषि नरहेको र घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लीलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।

स्रोतका अनुसार पक्राउ गरिएका केही व्यक्तिले सिया प्यालेस होटलमा बसेका महिला डाक्टरको कोठा ढकढक्याई खोल्न लगाउने तथा अभद्र व्यवहार गरेका थिए ।

कमेन्टहरु