अपराध

सुनसरीबाट १ सय २० केजी गाँजासहित ६ जना पक्राउ

नवलपुर टुडे
२०८० अशोज १३ | बिहान १०:०६ बजे

सुनसरी, असोज १३ । सुनसरीको बराहक्षेत्र नगरपालिका – १ चतरापुल नजिकैबाट प्रहरीले १ सय २० केजी गाँजासहित ६ जनालाई पक्राउ गरेकाे छ । 

प्रहरीले बराहक्षेत्र जाने सडकबाट शुक्रबार प्रदेश १–०२–०५० प ६३०४ नम्बरको माेटरसाइकल र बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेकाे गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।

नियन्त्रणमा लिएकाे गाँजा, जीप, माेटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएकाे प्रहरीले जनाएकाे छ । 

कमेन्टहरु