सरिता साहको ‘द नोटबुक’ रूसमा प्रदर्शन हुँदै


काठमाडौ । सरिता साहद्वारा निर्देशित तथा अनिल कुर्मीद्वारा लेखिएको मैथिली भाषाको लघु चलचित्र ‘The Notebook’ रूसको ‘10th Zero Plus International Film Festival 2023’ मा छनोट भएको छ । जसमा ४० देशहरूबाट १६९ वटा चलचित्रहरू समावेश भएका छन् ।
बाल शिक्षाको विषयमा रहेको यस चलचित्रमा निम्न मध्यम वर्गीय किसान परिवारको कथा प्रस्तुत गरिएको छ ।महिलाको शिक्षालाई कसरी नजरअन्दाज गरिँदै छ र यदि महिलालाई पनि शिक्षाबाट बन्चित गरियो भने हाम्रो समाज कसरी सुध्रिन सक्छ ? भन्ने प्रश्नका साथ विभिन्न घटिरहेको घटनामा आधारित कन्टेन्टहरु समाबेस गरेर तयार पारिएको “द नोटबुक” रुसमा प्रदर्शन हुदैछ ।
यस फिल्मका निर्देशक मधेशकी छोरी सरिता साहले नेपाललाई प्रतिनिधित्व गर्दै मधेसको कथा बोकेर रूसको लागि प्रस्थान भर्नुभएको छ। उहाँ लगायत यस फिल्मका सम्पूर्ण टिमलाई शुभकामना तथा बधाई ।
Director: Sarita Sah
Writer: Anil Kurmie
DOP: Bhupen Chaudhary
Casts: Sadhana Aalok, Sujita Sah, Ram Narayan Thakur, Rajesh Saxena, Pradip Mahato, Jailas Ram, Manju Mahato, Binod Singh, Nabin Mahato, Nandini Kumari Pandit, Kabita Mahato, Ashmita Kumari Mahato and Sarita Sah.























