धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

कपिलवस्तुको बिजयनगरमा १४९८औं माेहम्मद ज्यान्ती मनाइयो

नवलपुर टुडे
२०८० अशोज ११ | मध्यान्ह ०४:०६ बजे

नन्दकिशोर कुर्मी (लालु)

विजयनगर, असोज ११ । इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४९८औं जन्मदिन विजयनगरमा भब्य रुपमा मनाईएको छ ।
१४९८औं मोहम्मद जयन्तीका अवसरमा विजयनगरको सडक झण्डाले पुरै रंङ्गिएको छ । पैगम्बर मोहम्मदको जन्मदिन भब्य ¥यालीसहित विभिन्न कार्यक्रम गरी मनाईएको हो ।

इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्ती आज मुस्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् । जन्मदिनको अवसरमा विजयनगरमा भब्य ¥याली निकालिएको छ । यस क्षेत्रमा रहेका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा साेनवर्सा चोक, झिंगाहा चोकबाट ¥याली निकाली गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो ।

विजयनगर गाउँपालिका भित्रको दत्तपुर, गेडुवाजाेत, ठकुरापुर, गणेशपुर, सिसवा, जाेगिनीया, रामनगर, कटुवा, लगायत दत्तपुरका मुस्लिम समुदायको सहभागिता रहेको थियो । स्थानिय माेहम्मद अखलाक अन्सारीका अनुसार मोहम्मदले मेलमिलापको सन्देश फैलाएको बताए । सबै मिलेर एक हुनु पर्ने, धर्मको नाममा भेदभाव गर्न नहुने, सबै धर्म समान भएको उनले सन्देश दिएको जब्बारले बताए ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हुँदा यस दिन विश्वभरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाउने गर्दछन् ।

जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

कमेन्टहरु