देवघाटमा नुहाउने क्रममा दुईजना बेपत्ता

नवलपुर टुडे
२०८० अशोज ११ | बिहान १०:०६ बजे

देवघाट, असोज ११ । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । बिहिवार बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका- ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् ।
भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर संस्कृत पढ्दै आएका थिए ।
उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए । नुहाउने क्रममा वेपत्ता भएका दुबैको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।























