दोलखाको सिंगटीबाट ४ किलो सुन जस्तो देखिने धातु बरामद

नवलपुर टुडे
२०८० अशोज ११ | बिहान १०:०६ बजे

काठमाडौँ, असोज ११ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन जस्तो देखिने धातु बरामद गरेको छ । चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले जानकारी दिए ।
खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।























