मधेश प्रदेश

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

नवलपुर टुडे
२०८० अशोज १० | मध्यान्ह ०४:०६ बजे

जनकपुरधाम, असोज १० । मुस्लिम समुदायको विशेष पर्व “पैगम्बर मोहम्मदको जन्म दिन”को अवसरमा मधेस प्रदेशमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिइएको छ ।  

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा यही असोज ११ गते सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् ।  

मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार बिहीबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको उनले जानकारी दिए ।  
photo 2023 09 27 16 05 34

कमेन्टहरु