बाघको आक्रमणबाट नवलपुरको शेरीमा २ वटा बोकाको मृत्यु, दुईवटा घाईते

नवलपुर टुडे
२०८० अशोज १० | बिहान ०८:०६ बजे

नवलपुर, असोज १० । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- २ शेरीस्थित डोलाराम थनेतले सञ्चालन गरेको एकता एग्रो फर्ममा रहेको बाख्रा बाघको आक्रमणबाट दुईवटा बोका मारेका छन ।
मंगलबार साझ करिब ९:३० बजेको समयमा उक्त फार्ममा बाघ पसी आक्रमण गरी दुईवटा बोका मारी एउटा माउ बाख्रा र एउटा बोका घाइते बनाएका हुन । फार्ममा ७ वटा बाख्रा रहेका थिए ।
घटनाको सुचना पाउन साथ प्रहरी टोली घटना स्थल पुग्दा दुईवटा बोका मारिसकेको र दुईवटा बाख्रा घाईते अबस्थामा भेटिएको प्रहरीले बताए ।
घटना स्थल मानिस बस्ने घरदेखि अन्दाजी १५० मिटरको दुरीमा रहेको छ । सो सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।






















