राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता अध्यादेशलाई जारी

नवलपुर टुडे
२०७८ जेष्ठ ९ | मध्यान्ह ०५:०२ बजे

काठमाडौं । अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता अध्यादेशलाई जारी गरेपछि नागरिता सम्बन्धी नयाँ व्यवस्था भएको हो ।
नागरिकतासम्बन्धी फरक प्रकारको व्यवस्था भएको भन्दै जसपाले विरोध गर्दै आएको छ । नागरिकता दिंदा समानता देखाउनु पर्ने जसपाको माग रहँदै आएको छ ।
ओली सरकार र जनता समाजवादी पार्टी बीच भएको सहमति अनुसार अध्यादेश ल्याइएको हो । जसपाले राखेको माग मध्ये नागरिकता सम्बन्धी विषय पनि थियो ।























