तनहुँमा घरको छतबाट खसेर २२ महिने बालकको मृत्यु

नवलपुर टुडे
२०८० अशोज ९ | बिहान ०७:०६ बजे

तनहुँ, असोज ९ । तनहुँमा घरको छतबाट खसेर २२ महिने बालकको मृत्यु भएकाे छ ।
व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको मनिष सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको छतमा खेल्दै गर्दा खसेका उनको उपचारका क्रममा हिजाे पोखरामा मृत्यु भएकाे हाे । घटनापछि तत्कालै मनिषलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।






















