विद्यालय बन्द भए कारबाही गर्छौं : बौधिमाई नगरपालिका

नवलपुर टुडे
२०८० अशोज २ | मध्यान्ह ०३:०६ बजे

दिपेश कुमार शाह
रौतहट, असोज २ । रौतहटको बौधिमाई नगरपालिकाले कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
´यस नगरपालिका भित्र रहेको विधालयहरु नगर शैक्षिक क्यालेन्डर अनुसार नियमित रुपमा कक्षा संचालन गर्न गराउनु हुनको लागि जानकारी गराईन्छ । साथै पठन पाठनमा कुनै किसिमको बाँधा अवरोध नगर्न नगराउनु हुन समेत जानकारी गराईन्छ । त्यस्तो किसिमको पठन पाठन सम्बन्धि अनुचित कार्य हुन गएमा यस नगरपालिकाले नियमानुसार कारवाही हुने व्यहोरा सबैमा जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएको छ ।



















