शिक्षा

नेपाल शिक्षक महासंघ कपिलवस्तुको प्रेस विज्ञप्ति, आन्दोलनमा सहभागी हुन सबैमा अपील

नवलपुर टुडे
२०८० अशोज १ | मध्यान्ह ०६:०६ बजे

कपिलवस्तु, असोज १ । नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन् ।

विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा आन्दोलन गरेका शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुनकाका लागि नेपाल शिक्षक महासंघ कपिलवस्तुले पनि प्रेस विज्ञप्ति निकालेको छ ।

यसबाट सिर्जना हुने परिमाणप्रति सरकार नै जिम्मेवार हुने कुरा पनि विज्ञप्तिमा उल्लेख छ । साथै नेपाली शिक्षक कर्मचारीका न्यायिक माग मुद्दाहरु ऐन मार्फत संबाेधन गराउन सहयोग समर्थन तथा ऐक्यबद्धता व्यक्त गरिदिन हुन हामी विद्यार्थी, अभिभावक, शिक्षाप्रेमिहरु, स्थानीय सरकार, शिक्षा सराेकार समुहहरु, पत्रकार मित्रहरु लगायत आम जनसमुदायहरुमा हार्दिक अपिल गरिएको छ ।

संघले विद्यार्थी वर्गमा पर्ने सिकाइकाे असरलाई विदाका दिनहरुमा व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । साथै मिति २०८० असाेज २ गते शिक्षा दिवसका अवसरमा संचालन हुने कुनै पनि कार्यक्रममा शिक्षक कर्मचारीहरुले सहभागीता नजनाउन संघको आग्रह छ ।
photo 2023 09 18 18 36 06

कमेन्टहरु