चुनावमा जानु बाहेक अरु कुनै विकल्प छैन : युवा नेता गुप्ता


रन्जित चौरासिय
वीरगंज । देश र देशको जनताले दसौं दशक संविधानको लागि संर्घष गर्यो । गिरजा प्रसाद कोइराला र बाम गठबन्धनको सहयोगले नै संविधान बन्यो । देशमा संविधान कार्यनयन गर्ने बेला त्यही शेर बहादुर देउवा ,प्रचनड , माधव नेपाल , झलनाथ खनाल र अरु देशका शिर्ष नेताहरु उफ्रि उफ्रि संसारका सबै भन्दा राम्रो उत्कृष्ट संविधान हामीले बनाएको छौ भनेर पुरै देश भरी दिपावली मनायो ।
देश त्यही संविधानको धारा र आधारमा ३ बर्ष चलाउदा राम्रो थियो । त्यस पछी सरकार चलाउन आफ्नो मौका नमिल्दा प्रधानमन्त्री गलत हो देशको संविधान गलत हो भन्नेकसरी महोदय ? देशलाई अस्थिरताको भुमरीमा पर्दा लाज लागेन ती नेताहरु लाई जस्ले भारत संग साट घाट गरि देश लाई अन्धकारमा धकेल्ने षड्यन्त्र रच्ने बेला पुरै शरीर लुलो पर्नु पर्थ्यो ।
साताको लागि देश भरी तानडौ मचाइ देश बिगार्ने गरि बेइज्जती पुर्न तमासा गर्ने मुख्य सकुनी पात्रहरु लाई देशको हरेक जनताले सजाय दिने छन र देशको जनताले यो पालिको चुनावमा तिनिहरु लाई लुलो बनाउने छन । आजको समयमा त्यही संविधानको धारा प्रयोग गर्दा सम्मानिय प्रधानमन्त्री के. पि शर्मा ओली र समानिय राष्ट्रपति बिद्या देवी भण्डारी माथी नानाथरीका अभियोग लगाउने ती मन्दबुधी लाई लाज लागीरहेको छैन ।
देशको आनबान शान र मेरो आईडल निबर्तमान माननीय सहरी बिकाश मन्त्री प्रभु शाहले संविधान त्रुटी पर्ने छ । यो त्रुटि कै कारण देशमा यस्तो भैरहेको छ । यसलाई हामी सच्याइ अगाडि बढनु पर्छ भन्दा प्रभु शाह लाई गलत साबित गर्ने । अनि आज धुरु धुरु रुने र बिपक्षी दलका नेताहरु लाई गुहर्ने ती कम्रेडहरु लाई भनन चाहन्छु । आफ्नोको लागि खाल्डा खननु भएको छ तपाईहरु आफै त्यो खाल्डामा पुरिन्छ याद राख्नु होला ।
हिजो पनि अस्ती पनि समाननिय प्रधानमन्त्री के.पि शर्मा ओलीले खुला चुनौती दिएकै छ । हिजो विकल्पको सरकार बनाउन लाई दिएको थियो खै त्यो पनि गर्न न सकनेहरुले आज आलोचना गर्ने । लौ चुनावमा जानुस म जान तयार छु भन्नू भएको छ। तपाईहरु चुनावमा जान किन डराउनु भएको छ, कि अर्धनेता हो तपाईहरु ?
ती नेपालको कौरवहरु लाई भन्न चाहन्छु जसरी माहभारतमा कौरवहरु युद्ध लडन कुरुक्षेत्रमा पुगेको थियो त्यसरी तिमिहरु पनि चुनावमा जाउ अनि अर्जुन र जनताले कसरी परास्त तिमिहरु लाई गर्छ त्यो पनि तिमिहरु हेर्नू । बात कर्ता है।























