भ्रष्टाचार

साढे १४ हजार घुससहित प्रधानाध्यापक पक्राउ

नवलपुर टुडे
२०८० भदौ २६ | मध्यान्ह ०७:०५ बजे

काठमाडौँ, भदौ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियामा साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई पक्राउ गरेको छ । 

अख्तियारको बुटवल कार्यालयले बर्दियाको राजापुर नगरपालिका वडा नं. ७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको हो । उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ । 

सो रकम लिएको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कमेन्टहरु