बागमती प्रदेश

समाजवादी मोर्चाको सन्देश सभा आज हेटौंडामा

नवलपुर टुडे
२०८० भदौ २४ | बिहान ०८:०५ बजे

काठमाडौं, भदौ २४ । समाजवादी मोर्चाले आज बागमती प्रदेशमा सन्देशसभा गर्ने भएको छ । शनिबार मकवानपुरमा पत्रकार सम्मेलनमार्फत् समाजवादी मोर्चामा आबद्ध दलहरूले हेटौंडामा सन्देश सभा गर्ने जानकारी दिएका हुन् । 

सभामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको छ ।

कमेन्टहरु