बागमती प्रदेश

न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

नवलपुर टुडे
२०८० भदौ २२ | बिहान ०७:०५ बजे

हेटौंडा, भदौ २२ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिएको छ ।

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिएको हो ।

चेपाङ समुदायको बाहुल्यता रहेका यी जिल्लामा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङ बताए ।

कमेन्टहरु