प्रधानमन्त्रीमा दाबी पेश गर्न शीतलनिवासमा बिपक्षदलका नेता

नवलपुर टुडे
२०७८ जेष्ठ ७ | मध्यान्ह ०४:०२ बजे

काठमाडौँ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धन १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्दै नेताहरू शीतलनिवास पुगेका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदले समर्थन गरेका छन् । उक्त प्रस्तावमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ जना सांसदले पनि हस्ताक्षर गरेका छन् ।
एक जना स्वतन्त्र सांसदसहित १ सय ४९ जना सांसदको हस्ताक्षर संकलन गरिएको हो ।























