नवलपरासीमा गर्भ पतनको आरोपमा पुर्व वडाअध्यक्षसहित दुईजना पक्राउ


नवलपरासी, भदौं २० । नवलपरासीको प्रतापपुर गाँउपालिकामा गैरकानुनी रुपमा ७ महिनाको गर्भ गरी शिशुको हत्या गर्न लगाउने आरोपमा पुर्व वडाअध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतापपुर गाँउपालिकाको–५ बसैहियाका १३ बर्षीया नाबालिकालाई बलात्कार गरी ७ महिना पुगिसकेको शिशुको असुक्षित गर्भपतन गराउन लगाउने पुर्व वडाअध्यक्ष र बलात्कार गर्नेलाई शिशु हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–५ बसैहियाका ६५ बर्षका पुर्व वडाअध्यक्ष त्रिभुवन सिङ र प्रतापपुर- ६, गुठिप्रसौनीका बर्ष ४८ को राम किसन कुर्मी रहेको छ ।
कुर्मी पुर्व वडाअध्यक्षको घरमा काम गर्न बस्ने कामदार हुन । उनले नाबालिकालाई जबर्जस्ति करणी गरी गर्भ रहेको खुलेपछि गर्भमा शिशुको हत्या गर्न सल्लाह दिएको आरोपमा पुर्व वडा अध्यक्ष सिंहलाईसमेत अनुसन्धानको लागि अदालतबाट पक्राउ पुर्जी जारी आदेश आए लगतै प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।
आरोपित दुबै जनालाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी थप अनुसन्धान भैइरहेको र नाबालिकाको बारेमा गोपनियता सुरक्षित राखेको पाण्डेयले जानकारी दिए।























