कल्याणपुरमा १५ बेडको आइसोलेशन सञ्चालन

जगत ठाडा मगर
२०७८ जेष्ठ ७ | बिहान ०६:०२ बजे

बिनोद मण्डल
सिरहा । कल्याणपुरमा १५ बेडको आइसोलेशन सञ्चालन गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिकामा कोरोना संक्रमित बढ्न सक्ने भएकोले अक्सिजन , एम्बुलेन्स , एमएमबिबिएसडाक्टर , स्टाफ नर्स लागतका पूर्वाधारहरू तयारी अवस्थामा राखिएको मेयर रोहिणी यादवले बताउनुभएको छ ।
जनताप्रति बहुत चिनतीत मेयरले अाम आफ्नो पालिकाभित्रको जनतालाई विभिन्न साधनको प्रयोगबाट सजग र सुरक्षित बनाउनको लागि हर प्रयासबाट लागिपरेको बताउने मेयरले सिरहामा नमूना कामहरू गरिरहेकोले जिल्लामा एउटा मात्र मेयरको जिम्मेवारी पाएका उनको भाषा शैली काम गराई प्रती अाम जनता खुशी व्यक्त गरेका छन् ।
कोरोना संक्रमण कालमा कुनै पनि हालतमा आफ्नो जनतालाई सुरक्षित राख्ने वाचा गरेका मेयरले आफ्नो फोन सूचनाको लागि खुला गरेको र आपतमा परेकालाई तत्काल उद्धार गरिने मेयर यादवले बताएका छन ।























