भ्रष्टाचार

२५ हजार रुपैयाँ घुससहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

नवलपुर टुडे
२०८० भदौ १९ | मध्यान्ह ०६:०५ बजे

सुनसरी, भदौ १९ । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले मङ्गलबार प्राधिकरणका फोरम्यान विर्जु कुमार महतोलाई २५ हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको हो । उद्योगमा विद्युत् क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा महतोलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित इनरुवा नगरपालिका वडा नम्बर ३ बाट पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

कमेन्टहरु