बागमती प्रदेश

कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचेतक काफ्लेले दिए राजीनामा 

नवलपुर टुडे
२०८० भदौ १९ | बिहान ०९:०५ बजे

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । 

मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् । पार्टी राजनीतिमा थप सक्रिय हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको काफ्लेले बताएका छन् । 

“कांग्रेस केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल हुन र दोलखाका जनताको सेवामा थप समर्पित हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको हुँ,” उनले भने ।  

कमेन्टहरु