मधेश प्रदेश

मधेस प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ

नवलपुर टुडे
२०८० भदौ १८ | मध्यान्ह ०५:०५ बजे

जनकपुरधाम, भदौ १८ । मधेश प्रदेशको स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेका छन् । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई सोमबार राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको हो ।

सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको एसपी कार्कीले बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ । उनी सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

कमेन्टहरु