अपराध, धर्म–संस्कृति/रीतिथिति

क्रिश्चियन धर्म परिबर्तन गराउदै हिडेको आरोपमा दुईजनालाई कालोमोसो दले

नवलपुर टुडे
२०८० भदौ १८ | मध्यान्ह ०१:०५ बजे

नवलपरासी, भदौं १८ । पश्चिम नवलपरासीमा क्रिश्चियन धर्म परिबर्तन गराएर हिड्ने दुईजनालाई स्थानीयले कुटपिट गरी कालोमोसो दलिएको छ । आज बिहान पाल्हिनन्दन गाउँपालिका- १ सुनरीमा स्थानीयहरूले धर्म प्रचारप्रसार र परिवर्तन गराउदै हिडेको आरोपमा हातपात गरी कालोमोसो लगाएका हुन ।

घटना लगतै प्रहरीले क्रिश्चियन धर्म परिबर्तन गराउदै हिड्ने आरोप लागेका बर्दघाट नगरपालिका- १५ का बर्ष ६० को भिमबहादुर तामाङ र बर्ष ४० को प्रबिण बिकलाई सुरक्षाको लागि नियन्त्रणमा लिई, आरोपित दुबै जनाको घर परिवारलाई बोलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुखले जानकारी दिए ।

उनीहरुले विभिन्न प्रलोभन देखाई घर घरमा प्रचारप्रसार गर्दै, धर्म परिबर्तन गराएर हिड्ने, खानेपानी धारा, बिभिन्न ठाउँमा जागिर लगायतको प्रलोभन देखाएर धर्म परिवर्तन गराउदैं हिडेको आरोप लगाएको छ । पछिल्लो समयमा पश्चिम नवलपरासीको हरेक स्थानीय तहको गाउँ गाउँमा चर्च निर्माण भैइरहेको स्थानीयले बताए ।

कमेन्टहरु