तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीमा अवैध चिनिसहित पिकअप गाडी नियन्त्रणमा

नवलपुर टुडे
२०८० भदौ १८ | बिहान ०७:०५ बजे

नवलपरासी, भदौ १८ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका -३ भिमटाँडी स्थित हुलाकी सडक खण्डबाट प्रहरीले अवैध चिनीसहित गाडि नियन्त्रणमा लिइएको छ ।

प्रहरी चौकी बासाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र चौधरीको कमाण्डमा खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ च ०३०४ नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्ने क्रममा ५० केजीको ५० बोरा चिनी बरामद गरेको हो ।

चिनीको अन्दाजी मुल्य रु १ लाख ५० हजार रुपैयाँ र पिकअपको अन्दाजी मुल्य रु १० लाख गरी जम्मा मुल्य रु ११ लाख ५० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले जानकारी दिए ।

डिएसपी पाण्डेयका अनुसार चालक रामग्राम नगरपालिका – ७ देउरवा बस्ने बर्ष ३० का सन्तोष कुमार तेलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको छ । बरामद चिनि को ? कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

कमेन्टहरु