जनता समाजवादी पार्टी सिरहाको सहइन्चार्जमा विष्णुकुमार साह

नवलपुर टुडे
२०८० भदौ १७ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा सहइन्चार्जको जिम्मेवारी विष्णुकुमार साहले पाएका छन् । जसपा मधेस प्रदेश समितिको साउन ३० गते बसेको बैठकले साहलाई सहइन्चार्जको जिम्मेवारी दिएको हो ।
साह जसपाको मधेस प्रदेश समिति सदस्य हुन् । २०७० को संविधान सभामा निर्वाचनमा सिरहा–४ मा तत्कालीन फोरमबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेपछि उनी चर्चामा आएका थिए । सिरहामा मधेस आन्दोलनमा सक्रिय भएर लागेका उनी चुरे संरक्षण अभियानमा पनि लागेका छन् ।























