जनताको हकअधिकार सुनिस्चित र जातिय भेदभाव हटाउन माओबादीको महत्त्वपूर्ण भुमिका


नन्द किशोर कुर्मी(लालु)
कपिलवस्तु, भाद्र १६ । नेकपा माओबादी केन्द्रका राष्ट्रिय अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले आज आज वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे । त्यस संगै कपिलवस्तुको विजयनगर गाउँपालिका- ७ साेनबर्सा चाेकमा आज नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपालीले अभियानको उद्घाटन गरे ।
विजयनगर गाँउपालिका- ७ बाट अभियानको साहिद खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नुरुल कमर खान, सरिता अर्याल लगायत रहेका थिए।
जनतासंग विशेष रूपांतरण अभियानमा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हकअधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा योद्धाहरूले गरेको सहादत कसैले बिर्सिन नसक्ने बताए ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारलाई बढावा नदिने बताउदै अहिलेको जनता संग विशेष रूपांतरण अभियानलाई माओबादी केन्द्र समर्थक सबैले जनताको मन मनमा माओबादीको एजेण्डा पुर्याउनु पर्ने बताउदै जातिय भेदभाव हटाउनसमेत माओबादीको विशेष पहल र दाइजो लिनु समेत भ्रष्टाचार रहेको बताए।
कार्यक्रममा सहिद परिवारका सदस्यलाई सम्मान गर्नुका साथै १५ भन्दा बढी व्यक्ति अन्य पार्टी छोडेर नेकपा माओबादी केन्द्र रोजेकोलाई पार्टीमा स्वागत गरिएको आयोजकले जानकारी दिए । कार्यक्रममा नगर कमिटीका पदाधिकारी, वडा कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।























