देश

हेल्पिङ हेन्डस् परासीद्वारा वाटर डिस्पेन्सर र विष्णु राज रायद्वारा चिनी, ग्रिन टि र गिलास हस्तान्तरण

जगत ठाडा मगर
२०७८ जेष्ठ ५ | मध्यान्ह १०:०२ बजे

रंजीत शर्मा

नवलपरासी / शुद्ध खानेपानी तथा तातो पानीको अस्पतालमा अभावका कारण कोरोना संक्रमित बिरामी तथा कुरुवाहरुको स्वास्थ्यमा समस्या हुन सक्ने भएको हुँदा रोटरी क्लब अफ नवलपरासी र रामग्राम जेसीज परासी मार्फत हेल्पिङ हेन्डस् परासीका अध्यक्ष सञ्जय शर्माद्वारा वाटर डिस्पेन्सर र रामग्राम जेसीज वर्ष २०२१ का उपाध्यक्ष जेसी विष्णु राज रावद्वारा आफ्नो जन्मदिनको अवसर पारी चिनी,ग्रिन टि र गिलास लगायत पृथ्वी चन्द्र अस्पताल परासीका अध्यक्ष जगदीश चौधरीलाई हस्तान्तरण गरिएको छ ।

IMG 20210519 223620 036

दुवै संस्था मार्फत आज एक कार्यक्रम गरि वाटर डिस्पेन्सर, चिनी,ग्रिन टि र गिलास लगायत पृथ्वीचन्द्र अस्पताल परासीका अध्यक्ष जगदीश चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

IMG 20210519 223617 879

रोटरी क्लबका अध्यक्ष सुमन गोपाल आचार्य ,रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणि चौधरी,हेल्पिङ हेन्डस् परासीका अध्यक्ष सञ्जय शर्मा ,रामग्राम जेसीज वर्ष २०२१ का उपाध्यक्ष जेसी विष्णु राज राव लगायतको सामाजिक दूरी सहित सहभागीता रहेको थियो।

कमेन्टहरु