मधेश प्रदेश

खोलामा सालनालसहितको नवजात शिशु मृत फेला, अनुसन्धान गर्दै प्रहरी

रासस
२०८० भदौ १३ | मध्यान्ह ०३:०५ बजे

राजविराज (सप्तरी),भदौ १३ । सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत फेला परेका शिशुको घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्टहरु