देश

कपिलवस्तु जिल्लाकाे महाराजगन्जमा प्रहरीको सक्रियता बड्यो

नवलपुर टुडे
२०७८ जेष्ठ ५ | मध्यान्ह ०८:०२ बजे

कपिलवस्तु । काेभिड-१९ काे नयाँ भेरिन्यट फैलिन नदिन तथा यसकाे राेकथाम , नियन्त्रण , उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन काे लागि नेपाल प्रहरी र शस्त्र प्रहरी प्रहरी बल महाराजगन्ज काे संयुक्त टाेलीले सक्रियता बढाएको छ ।

ईलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरे र शस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश महाराजगन्ज का शस्त्र प्रहरी निरीक्षक मीन राज भट्ट ले सडक मा अाफै खटी ड्युटी गरिरहेका छन् ।

महाराजगन्ज, औरहवा, गैडहवा, राजपुर, पल्टा र बरगदी चाैकहरुमा प्रहरीले काेभिड -१९ बाट कसरी बच्ने मैकिङ्ग गर्ने, जनचेतना जगाउने र तपाईंको माक्स खाेइ ? अभियान पनि सञ्चालन गरेको थियो ।

दैनिक प्रयोग हुने अति आवश्यक खाद्यान्न, तरकारी, फलफूल पसलहरु लगायत बिरामी लाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका, मोटरसाइकल , गाडीहरुलाई नियंत्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिनुभयो ।

कमेन्टहरु