लुम्बिनी प्रदेश

तस्करले लुकाई छिपाई राखेको काठ बरामद

नवलपुर टुडे
२०८० भदौ १२ | मध्यान्ह ०३:०५ बजे

नन्द किशोर कुर्मी /लालु
कपिलवस्तु, भदौ १२ । कपिलबस्तुमा तस्करले लुकाई छिपाई राखेको काठ बन कर्मचारीले बरामद गरिएको छ ।

कृषणानगर नगरपालिका- १२ भदुई गाउँमा परालमा लुकाएर राखिए काठ बिहान साँढे १२ बजे सशस्त्र सीमा बल, नेपाल प्रहरी र बन कर्मचारीको संयुक्त टोलीले बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा लुकाई राखेको १० वटा सिसमको गोलिया (४५ क्युफिट) काे रहेको छ, भने जसको मुल्य ६४ हजार ८ सय बराबर रहेको बन कर्मचारीले बताए ।

नेपालको कपिलवस्तु -भारतको बलरामपुर सीमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र सहगवनकाे काठ तस्कर गरि ल्याउने गर्दछन । विजयनगर गाउँपालिकाका- ५ ठाकुरापुरका बन कर्मचारीले तस्करको काठ सोही क्षेत्रमा रहेका काष्ठ उद्योग र फर्निचरमा ल्याई टेबुल, पलङ, कुर्ची जस्ता सामान बनाएर बेच्ने गर्ने बताए ।

तस्करले भारतीय जंगलबाट राति काठका गाेलियाहरु तस्कर गरी ल्याई बगैँचा, पराल अथवा गाेठमा लुकाएर राख्छन, र बिहानै काष्ठ उद्योगहरुमा पुर्‍याउने गर्छन । जिल्लाकाे पश्चिम सीमानाकाे भदुई, मानपुर, नरैनापुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर र कटुवा लगायतकाे क्षेत्र हुदै तस्करले काठ भित्र्याउने स्राेतले जनाएको छ ।

कमेन्टहरु