लुम्बिनी प्रदेश

गुल्मी जिल्ला अस्पतालमा तनावग्रस्त

नवलपुर टुडे
२०८० भदौ १२ | मध्यान्ह ०१:०५ बजे

बुटवल । उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ ।

उपचारका लागि अस्पताल पुर्‍याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरूले अस्पताल घेराउ गरेका हुन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान समयमा मृत्यु भएको थियो । प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार प्रशंसालाई पेट दुखेपछि उनका बाबुले मोटरसाइकलमा राखेर सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका बताए । बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउँदासमेत नआएको उनले आरोप लगाए । 

अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले घटनाबारे जिम्मेवार ढंगले प्रस्तुत नभएपछि मृतकका आफन्तहरूले अस्पताल घेराउ गर्दै, आक्रोशित भैइ अस्पतालमा तनाबग्रस्त सृजना भएका छन्। 

कमेन्टहरु