काभ्रेमा पहिरो जाँदा ६ जना पुरिए, १ जनाको उद्धार

नवलपुर टुडे
२०८० साउन २३ | बिहान ०८:०४ बजे

काभ्रे, साउन २३ । अविरल वर्षाको कारण पहिरो जाँदा काभ्रेपलाञ्चोकमा ६ जना पुरिएका छन् ।
गएराति काभ्रेको खानीखोला -५ सिक्रे दोभानमा पहिरोले ६ जना पुरिएको र एक जनाको उद्धार भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । थिङका अनुसार उद्धार गर्न आफूहरु पहिरो गएको क्षेत्रतर्फ जान लागेको बताए ।
खोला बढेकाले स्थानीय त्यसतर्फ जान नसक्दा पहिरोमा परेकाको हालसम्म उद्धार भएको छैन ।























