देश

शुक्रबार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु

नवलपुर टुडे
२०७८ बैशाख ३१ | मध्यान्ह ०६:०१ बजे

पोखरा । गण्डकी प्रदेशकमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको मृत्यु भएको हो ।

त्यस्तै बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ।

कमेन्टहरु