देश, लुम्बिनी प्रदेश, समाज

प्रतापपुरमा युवा सामाजिक विकास संस्थाको प्रथम साधारणसभा सम्पन्न

नवलपुर टुडे
२०८० साउन १७ | मध्यान्ह ०८:०४ बजे
खुरसेद हजाम
प्रतापपुर, साउन १७ । युवा सामाजिक विकास संस्थाकाे प्रथम वार्षिक साधारणसभा प्रतापपुर – ८ गंगापुरमा सम्पन्न भएको छ । युवा सामाजिक विकास संस्थाका अध्यक्ष रामकृपाल गुप्ताको अध्यक्षतामा तथा सामाजसेवी सामाजिक अभियान्ता युवराज मौर्याको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौर्याले युवा सामाजिक विकास संस्थाले समाजमा भएको विभिन्न समस्यालाई उजागर गरि सहयोग गर्दै आएको बताए । संस्थाले प्रतापपुर – ३ सोमनिका क्यान्सर पिडित अमर कोहारलाई आर्थिक संकलन गरि उपचार गराउने काम समेत गरेको उनले बताए ।

मौर्याले यस्ता सामाजिक कार्यका लागि संस्थाका सम्पुर्ण सदस्य एवम् पुरा टिमलाई धन्यवाद दिँदै आफुबाट हुने सहयोग जुनसुकै अवस्थामा पनि गर्ने प्रतिबद्धता जनाए । उनले सामाजिक कार्यको प्रशंसा गर्दै अझ क्रियाशील भएर कार्य गर्न जाेड दिए ।

साे अवसरमा युवा सामाजिक विकास संस्थाका सम्पूर्ण सदस्य सामाजसेवी चन्दादाता पत्रकार खुरसेद हजाम लगायतका अतिथिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाको सदस्य घनश्याम रायले गरेका थिए ।

 

 

 

कमेन्टहरु