लुम्बिनी प्रदेश

नक्कली लालपुर्जा वितरण गरेको भन्दै बुटवल उपमहानगरले नियन्त्रणमा लियो टोल विकास संस्थाका कागजात

नवलपुर टुडे
२०८० साउन १७ | मध्यान्ह ०६:०४ बजे

बुटवल, साउन १७ । नक्कली लालपुर्जा वितरण गरी गैरकानुनी रुपमा रकम संकलन गरेको भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ । 

बुटवल – ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी पुर्जा वितरण गरेको र रकम संकलन गरेको भन्दै बुधबार उपमहानगरले नक्कली लालपुर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।

टोल विकास संस्थाले क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको तथा अवैध रुपमा लालपुर्जा वितरण गरी रकम संकलन गरेकाले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले बताए ।

टोल विकास संस्थाले लालपुर्जाका नाममा एक हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीयले बताएका छन् ।   

कमेन्टहरु