अर्थ, लुम्बिनी प्रदेश

इन्धनको व्यापक दुरुपयोग, प्रहरीदेखि पत्रकारसम्मलाई वितरण

नवलपुर टुडे
२०८० साउन १७ | मध्यान्ह ०४:०४ बजे

दाङ । तुलसीपुर उ पमहानगरपालिकाले इन्धन वितरणमा व्यापक दुरुपयोग गरेको पाइएको छ। उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्रविपरीत सांसददेखि पत्रकारसम्मलाई इन्धन दिएको पाइएको हो। महालेखापरीक्षकको कार्यालयले यस्ता विभिन्न कार्यालय, संस्था र व्यक्ति  विशेषलाई इन्धन वितरण गर्नु अनियमितता रहेको भन्दै सुधार गर्न भनेको छ। 

यसरी पेट्रोल लिनेमा इलाका प्रहरी कार्यालय तुलसीपुर एक हजार ९५ लिटर, पत्रकारतर्फ पाँच सय ७६ लिटर, सशस्त्र प्रहरी बल बेस एक सय ६५ लिटर, संघसंस्थालाई पाँच सय ९० लिटर, दलका भ्रातृ संगठनलाई दुई सय ३० लिटर प्रदान गरिएको छ। त्यस्तै एनजिओ, आइएनजिओलाई दुई सय पाँच लिटर, सांसदलाई दुई सय ६ लिटर, व्यक्तिविशेषलाई तीन हजार पाँच सय ९७ लिटर प्रदान गरिएको छ।

उपमहानगरपालिकाले गएको आर्थिक वर्ष ०७८/७९ मा सोहीबराबरको इन्धन वितरण गरेको छ। ६ हजार ६ सय ६४ लिटर इन्धन त्यसरी वितरण गरेको पाइएको हो।

जसबाट उपमहानगरपालिकालाई १२ लाखभन्दा बढी घाटा भएको छ। एकातिर उपमहानगरपालिकालाई हाल विगतको दायित्व तिर्नुपर्ने अवस्था छ भने अर्कोतिर यसरी फजुल खर्च बढाइरहेको छ। जसले गर्दा चालू वर्षमा पुजिगत खर्च न्यून छ।

111.jpg' '.2023 08 02

 

 

कमेन्टहरु