मधेश प्रदेश, समाचार

नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको अध्यक्षमा पटेल चयन

रंजित चौरसिया
२०८० साउन १४ | बिहान १२:०४ बजे

बीरगंज १४ साउन । नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरमा सम्पन्न भएको छ।
जनकपुरधाम स्थित भानुचोकमा रहेका अतिथि सदनमा अधिवेशन सम्पन्न भएको थियो।
नेपाल कुरियर सेवा संघ मधेश प्रदेशको अध्यक्षमा संजय कुमार पटेल (पपु)चयन भएका छन् ।

प्रथम मधेश प्रदेश अधिवेशनले पर्साका पटेलको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा नाग्रेन्द पटेल, उपाध्यक्षमा नन्दन बानियाँ, सचिवमा सुदर्शन काप्ले, सहसचिवमा कुन्दन बानियाँ तथा कोषाध्यक्षमा प्रविण कुमार कर्ण चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा रामेश्वर प्रसाद गुप्ता,राज कुमार यादब,अशोकानन्द प्रसाद साह, मनोज कुमार चौधरी र संदिप श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनले समितिको सल्लाहकारमा भरत अधिकारी र आमन्त्रित सदस्यहरुमा तोता कुमारी फुयाँल र राकेश पटेललाई चयन गरेको छ ।

नेपाल कुरियर सेवा संघको केन्द्रीय उपाध्यक्ष अनिलराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सञ्जय मण्डल, केन्द्रीय सदस्य किरण थापा र निर्मल राठि लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु