मधेश प्रदेश

नेपाल विद्युत प्राधिकरण रौतहट, मौलापुर वितरण केन्द्र शाखामा लाग्यो ताल्चा

नवलपुर टुडे
२०८० साउन ११ | मध्यान्ह ०८:०४ बजे

दिपेश कुमार शाह
रौतहट, ११ साउन । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रमा बिहिवार बिद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै ताल्चा लगाएको छ । रौतहटको मौलापुर नगरपालिकास्थित गम्हरियाका स्थानीयहरुले नेपाल बिधुत प्राधिकरणको कार्यालयमा ताल्चा लगाएको हो । गम्हरियामा बिहानै एक पोलमा आगो लाग्दा विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको प्रमुखदेखि सम्बन्धित कर्मचारीहरुलाई समेत फोन गर्दा फोन नउठेपछि प्राधिकरणमा ताल्चा लगाइएका हुन ।

बिहानै करिब ७ बजे पोलमा आगो लागेर तार खस्दा धनजनको क्षति हुनबाट जोगियो तर, प्राधिकरणको कर्मचारीहरुले कुनै प्रतिक्रिया नदिएपछि स्थानीयहरु आक्रोशित भएपछि ताल्चा लगएको बताए । प्राधिकरणको लापरवाही बिगतदेखि भोग्दै आएका स्थानीयले बिहिवारको दिन कार्यालयमा ताल्चा लगाइ बिद्युतको कर्मचारीहरुलाई लखेटेको स्थानीयले बताए ।

जुनसुकै बेलामा पनि छिनछिनमा बत्ति जाने, कहिले काँही त घन्टौसम्म पनि लाइन काटिने जस्ता समस्याले यस क्षेत्रका सर्वसाधारण उपभोक्तहरु आक्रोशित बन्दै आएका थिए । महिनैपिच्छे महशुल पनि तिर्नु पर्छ, स्थानीय उपभोक्ताले चाहिएको बेला कहिल्यै पनि विद्युत सेवा पाइदैन, एक स्थानीयले पीडा सुनाए ।

विद्युत अनियमितताले स्कुलमा पढ्ने बालबालिकाहरुको अध्यनमा बढी प्रभावित परेको छ । बत्ति नहुँदा बालबालिकाले राति बसेर लेखपढमा गर्न अफ्ट्यारो भएको हुनाले स्थानीयहरुले तल्चा लगाएको बताए ।

प्राधिकरणका कर्मचारीको लापरवाहीले सीमा नाघेको विद्युत सेवा अनियमित भएको पनि स्थानीयको आरोप छ । ‘मोवाइलमा फोन गर्दा कर्मचारीहरुको फोन नै लाग्दैन, उनीहरुले भने, जहिले पनि ब्यस्त छ मात्रै भन्छ ।’

कमेन्टहरु