देश

फेरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता (प्रस्ताव सहित)

नवलपुर टुडे
२०७८ बैशाख २६ | मध्यान्ह १२:०१ बजे

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

photo 2021 05 09 12 34 00

प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीको नेतृत्वमा चारै दलका ४० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । अहिले ७९ सदस्य रहेको प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन्।

photo 2021 05 09 12 34 02

photo 2021 05 09 12 34 04

अविश्वास प्रस्तावमा माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ । बैशाख १९ गते मुख्यमन्त्री पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कमेन्टहरु