तस्कर

नवलपरासीमा अवैध कुखुराको चल्लासहित पिकअप गाडी नियन्त्रणमा

नवलपुर टुडे
२०८० साउन ७ | मध्यान्ह ०३:०४ बजे

नवलपरासी, साउन ७ । नवलपरासीमा अबैध रुपमा भारतबाट भित्र्याएको २६ कार्टुन बोईलर कुकुराको चल्ला नियन्त्रणमा लिइएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिका- १ रुपौलियाबाट लु १ ज २६८३ नं. को पिकअपमा ल्याउदै गरेको अन्दाजी मूल्य रु. २,२८,००० /- बराबरको बोईलर कुखुराको चल्ला आइतबार बिहान ६ बजे  प्रहरीले बरामद गरेको हो ।

उक्त गाडीको मूल्य अन्दाजी मुल्य रु. ५,००,०००/- र कुखुराको चल्लाको २२७०००/- गरी अन्दाजी मूल्य रु. ७,२८,०००/- बराबरको रहेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

गाडीको चालक प्रतापपुर गाउँपालिका- १ बस्ने बर्ष ३७ को भोलानाथ थारु, अबैध चल्ला र पिकअप गाडिलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको पाण्डेयले बताए ।

आ.व.०७९/०८० मा वाेईलर कुखुरा ८३३० जिउँदो अन्दाजी मुक्य रु. ५०,५८,६२०/-, चल्ला १९५० गाेटा अन्दाजी मूल१, रु. ३३,५००/- गरि जम्मा मुल्य ५१,९२,१२०/- र यस आर्थिक बर्षको
३१२० गाेटा चल्लाकाे मुल्य रु. २,२८,०००/- पिकअप ५,००,०००/- गरी जम्मा मुल्य रु. ७,२८,०००/- मूल्य बराबरको बरामद गरिएको छ ।

IMG 20230723 WA0003

कमेन्टहरु