वीरदल गणद्वारा पर्यावरण जोगाउन बरहवा ताल किनारमा वृक्षारोपण


दिपेश कुमार शाह
राैतहट, साउन ५ । नेपाली सेना वीरदल गण राैतहटले पर्यावरणलाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ गाैरस्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन । प्रमुख अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिने बताए ।
वीरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर, अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र राैतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको राेपण गरिएको हो । वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको साैन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिनासहितका सुरक्षा अधिकारीकाे सहभागीता रहेकाे थियाे ।
























