घुस लिने इन्जिनियर पर्खाल नाघेर भागेपछि अख्तियारको टोली फर्कियो रित्तो हात


सप्तरी, साउन ५ । सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको थियो । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् । र्मचारी सब–इन्जिनियर अजय कुमार साफीले पर्खाल नाघी भाग्ने क्रममा उक्त रकम र चेक फालेको आयोगको दाबी छ ।
सिराहाको नवराजपुर गाउँपालिका –१ स्थित जनता आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भए पनि भुक्तानी लिने क्रममा घुस मागेका थिए । घुस बापत ५५ हजारको चेक तथा १५ हजार नगद रकम दिएको उपभोक्ता समितिका एक सदस्यले जनायो । नौ लाखको काममा १० प्रतिशत घुस मागेपछि उपभोक्ताहरूले आयोगलाई जानकारी गराएका थिए । यस विषयमा बुझ्न खोज्दा कार्यालयका प्रमुख दुनियाँ लाल यादवले कुनै प्रतिक्रिया दिन मानेनन् ।


















